धादिङ । गायक तथा संगीतकार सन्दिप स्याम्चेन तामाङ र गायिका कल्पना तामाङको संयुक्त स्वरमा रहेको नयाँ तामाङ भाषाको ख्रीस्टियन गीत सार्वजनिक भएको छ।
गीतलाई Sandip Syamchen Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यसमा लय तथा शब्द सन्दिप स्याम्चेनकै रहेको छ भने, स्वरमा उनलाई कल्पना तामाङले साथ दिएकी छन्।
गीतको संगीत संयोजन राजु खड्काले गरेका हुन् भने रेकर्डिङ डिजिटल काठमाडौं स्टुडियोमा गरिएको हो।
ख्रीस्टियन धर्मप्रति आस्था राख्ने विश्वासुहरूको जीवन र सन्देशलाई प्रतिबिम्बित गर्ने कथा–वस्तुमा आधारित यस गीतको म्युजिक भिडियो पनि चाँडै निर्माण हुने गायक स्याम्चेनले बताएका छन्।
भिडियो :
https://youtu.be/TIyHWhjPBb0?si=mx055yMQEXCialls






