धादिङ । लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा एक दिवसीय बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम शहीद मेमोरियल अस्पताल धादिङ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोग तथा जनस्वास्थ्य तथा प्राविधिक स्कुल, शिखर इन्स्योरेन्स र भैरवी इन्टरप्राइजेजको सहकार्यमा सम्पन्न गरिएको हो।
कार्यक्रममा १८ जना महिला र ५५ जना पुरुष गरी कुल ७३ जनाले रक्तदान गरेका छन्। लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष लायन बद्री अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना प्रमुख अतिथिको रूपमा सहभागी थिए।
उक्त अवसरमा लायन्स ३२५ आई का जोन ५ चियर्स पर्सन कृष्ण बद्री पौडेल, नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी, नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापति दुर्लभ कुमार तामाङ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, जोन १२ का चियर्स पर्सन कृष्णप्र ढकाल (शिशिर), लायन्स क्लब सुर्यमुखीका अध्यक्ष विक्रम बिक, जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख जितेन्द्र कुमार शाह, तथा आयुर्वेद तथा चिकित्सालय धादिङका प्रमुख डा. अमुल्य दाहाल लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार उक्त रक्तदान कार्यक्रमले रक्त अभाव न्यूनीकरणमा टेवा पु¥याउनुका साथै समाजमा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको थियो।
लायन्स क्लब अफ धादिङ भैरवीले यसअघि स्वावलम्बी बहिरा आधारभूत विद्यालय प्राङ्गणमा वृक्षारोपण, विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण, र आमाको माया छात्रावासमा शौचालय निर्माणजस्ता सामाजिक कार्यहरू समेत सम्पन्न गरिसकेको छ।




























