धादिङमा सिडिओ परिवर्तन, विजयराज सुवेदी आउने

धादिङ । गृह मन्त्रालयले सहसचिव र उपसचिव स्तरका अधिकृतहरूको ठूलो सरुवा गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) समेत परिवर्तन गरेको छ।

धादिङमा कार्यरत सिडिओ सुमन घिमिरेलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। घिमिरे २०८१ असोज १४ गते धादिङमा पदस्थापित भएका थिए र करिब एक वर्षसम्म जिल्लाको प्रशासनिक नेतृत्व सम्हालेका थिए।

उनको स्थानमा अब ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी धादिङ आउन लागेका छन्। सुवेदी यसअघि विभिन्न जिल्लामा प्रशासनिक अनुभव हासिल गरिसकेका अधिकारी हुन्।

यस सरुवासँगै धादिङको प्रशासनिक नेतृत्व फेरिएको छ भने जिल्लामा नयाँ सिडिओसँग नागरिकहरूले नयाँ काम–कारबाही र प्राथमिकताहरूको अपेक्षा गर्ने देखिन्छ।