नुवाकोटमा बाँदरको आक्रमणमा परी १ किसानको मृत्यु

नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका–२ कविलासका ५८ वर्षीय गोकर्ण नेपालीको बुधबार बिहान बाँदरको आक्रमणमा परी ज्यान गएको छ।

स्थानियले बताए अनुसार बिहान खेतबारीमा मकै खान पसेका बाँदरलाई धपाउने क्रममा ठूलो संख्यामा बाँदर एकैपटक आक्रमणमा उत्रिएका थिए। आक्रमणपछि घाइते भएका नेपाली बेहोस भएका र उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ।

वडाध्यक्ष रामशरण श्रेष्ठका अनुसार घटनास्थलमा सयभन्दा बढी बाँदरको झुण्ड देखिएको थियो। स्थानीयवासीले बाँदरको आतंक दिन प्रतिदिन बढ्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।