त्रिपुरासुन्दरी गाउँपालिकामा भदौ ६ गते तिज गीत प्रतियोगिता हुने: प्रथमलाई २५ हजार

धादिङ । नेपाली महिलाहरूको महान चाड हरितालिका तिजको अवसरमा त्रिपुरासुन्दरी गाउँपालिकाले तिज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ। कार्यक्रम यहीँ २०८२ भदौ ६ गते सम्पन्न हुने बताइएको छ।

गाउँपालिकाका अनुसार प्रतियोगितामा भाग लिन चाहने समूहहरूले भदौ ४ गते साँझ ५ बजेभित्र निःशुल्क दर्ता गरिसक्नुपर्नेछ। प्रतियोगितामा सहभागी हुने हरेक समूहमा कम्तीमा ९ जना सदस्य हुनु पर्नेछ भने प्रस्तुतिको अधिकतम समय ७ मिनेट तोकिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो स्थान हासिल गर्ने समूहले रू. २५,०००, दोस्रो स्थानले रू. २०,०००, र तेस्रो स्थानले रू. १५,००० प्राप्त गर्नेछन्।

गाउँपालिकाले तिजजस्तो सांस्कृतिक पर्वको महत्वलाई उजागर गर्न तथा स्थानीय प्रतिभा प्रस्तुत गर्ने अवसर दिन यो कार्यक्रम आयोजना गरिएको जनाएको छ।

प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि ९८४१४०२४१८ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।