धादिङ । नीलकण्ठ नगरपालिका १, ५ र १४ का नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आवश्यक लाभग्राही परिचयपत्र नवीकरण तथा नयाँ दर्ता सहज बनाउन घुम्ती सेवा सुरु गरिएको छ।
नगरपालिकाले सेवा स्थानीयमै पुर्याउने उद्देश्यले यस्तो व्यवस्था गरेको हो। यस सेवाबाट लाभग्राहीले आफ्नो वडामै पुगेर परिचयपत्र नवीकरण तथा कागजात अद्यावधिक गर्न सक्नेछन्। काठमाडौँ उपत्यकामा बसोबास गर्ने निलकण्ठवासीलाई लक्षित गरी भदौ १ र २ गते स्वयम्भू कारखाना चोकमा सेवा दिइँदैछ।
सेवा उद्घाटन कार्यक्रममा नगर उपप्रमुख दिपक विश्वकर्मा, आर्थिक विकास समिति संयोजक लक्ष्मण रम्तेल, वडा अध्यक्ष क्रमश रामबहादुर श्रेष्ठ, नवराज दवाडी र गणेश गुरुङ, समाजसेवी कमल जमकटेल तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।






