धादिङ । सामुदायिक लापा इसाई समाजले युवा पुस्तालाई करियर र पवित्र जीवनको मार्गदर्शन गर्ने उद्देश्यले विशेष ‘युथ क्याम्प’ आयोजना गर्ने भएको छ। “पर्मेश्वरको बचनबाट कसरी जवान अवस्थामा करियर र पवित्र जीवन जिउन सकिन्छ” भन्ने विषयमा केन्द्रित उक्त क्याम्प आगामी असोज २५ गते बेलुका देखि २७ गते बिहानसम्म घयुब्राङ अनुग्रह मण्डलीमा हुने तय भएको आयोजकले जनाएको छ।
क्याम्पमा हिमालय इभान्जेलिकलका सिनियर पाष्टर तथा हिमालयन ग्राजुएट स्कुल अफ थियोलोजीका प्रिन्सिपल पा. विजय कर्मचार्य प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। साथै, उनी International Nepali Speaking Church of Baltimore, USA तथा Bible Training Center for Pastor & Teacher सँग पनि आवद्ध छन्।
कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति शुल्क रु २०० तोकिएको छ, तर आर्थिक रूपमा कमजोर हुनेको लागि शुल्क निःशुल्क राखिएको आयोजकले बताएको छ। सहभागीहरूले कापी, कलम र सकेको खण्डमा हल्का सिलिङ ब्याग ल्याउनुपर्नेछ।
थप जानकारीको लागि सम्पर्क :
अध्यक्ष- रुपक गुरुङ – 9851352200






