नुवाकोट । आज बिहान ३ बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको छ। बाढीका कारण त्रिशूली नदीको जलसतह एक्कासि बढेपछि रसुवा र नुवाकोटका तटीय बस्तीहरूमा जोखिम बढेको छ। प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँका अनुसार पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाट लगायत स्थानहरूमा बाढीले कटान गरिरहेको छ। जोखिम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नदी किनारका बासिन्दालाई माइकिङमार्फत सुरक्षित स्थानमा जान अनुरोध गरेका छन्।
बाढीका कारण किस्पाङ गाउँपालिका–५ मा रहेको ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति पुगेको बताइएको छ।




























