युनिक लोहोनी, काठमाडौं । शंकर देव क्याम्पसमा सात दिने निशुल्क बास्केटबल प्रशिक्षण क्याम्प सम्पन्न भएको छ। अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीको पहलमा सञ्चालन गरिएको यो क्याम्पले युवा विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र खेलकुदप्रतिको रुचिमा थप जागरुक बनाएको आयोजकले जनाएको छ।
साउन ४ गतेदेखि १० गतेसम्म सञ्चालन गरिएको प्रशिक्षणमा ६० जना भन्दा बढी छात्रछात्राको सहभागिता रहेको थियो। प्रशिक्षण NEBA प्रमाणित प्रशिक्षक सौरभ श्रेष्ठको संयोजनमा सञ्चालन गरिएको हो। सहभागीहरूले बास्केटबलको आधारभूत सीपसँगै आत्मविश्वास, संयम र टिमवर्कको भावना सिकेका थिए।
सात दिने प्रशिक्षण पश्चात् साउन ११ गते समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीका अध्यक्ष निर्तिक घर्तिमगरले अध्यक्षता गरेका थिए भने अनेरास्ववियू केन्द्रिय अध्यक्ष महेश श्रेष्ठ प्रमुख अतिथि थिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सह–अध्यक्ष मिलन राई, उपाध्यक्षहरू अशोक थापा, कल्याण दाहाल, खेलकुद विभाग प्रमुख कैलास गिरि, उप–प्रमुख डिबी अले मगर, उपत्यका संयोजक एल.के. राई, तथा केन्द्रीय सदस्यहरू सुनिल खनाल र मनोज चन्दको उपस्थिति रहेको थियो।
समारोहको उद्घोषणा क्याम्पस कमिटीका सचिव युनिक लोहनीले गरेका थिए। उनले प्रशिक्षणले युवा पुस्तामा नेतृत्वदक्षता र जिम्मेवारीबोध अभिवृद्धि गरेको बताए।
समापन कार्यक्रममा प्रशिक्षक, सहभागी खेलाडीहरू र स्वयंसेवी टोलीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रमले खेलकुद मात्र नभई युवाहरूमा राष्ट्र, समाज र संगठनप्रतिको जिम्मेवारी बुझाउने माध्यमका रूपमा भूमिका खेलेको सहभागीहरूको धारणा रहेको छ।
यस आयोजनामार्फत अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीले युवा नेतृत्व, अनुशासन र एकतामार्फत सकारात्मक परिवर्तन सम्भव छ भन्ने सन्देश दिएको छ।




























