भारतको कराते च्याम्पियनसिपमा रुवीभ्यालीका युनिक तामाङ द्वारा दुई स्वर्ण पदक जित्न सफल

धादिङ । भारतको पंजाब राज्यको कपुर्थलामा सम्पन्न १९ औं राष्ट्रिय कराते च्याम्पियनसिप–२०२५ मा धादिङ रुवीभ्यालीका युनिक तामाङले ३० केजी तौलसमूह अन्तर्गत कुमुते र काटा दुबै विधामा स्वर्ण पदक जित्दै नेपाललाई गौरवान्वित बनाएको छ ।

जुलाई २६ र २७ तारिखमा भारतको धर्मसभा, कपुरथलामा प्रतियोगिता भएको थियो जस्मा नेपाललाई प्रतिनिधित्व गर्दै युनिक तामाङ र उनका प्रशिक्षक शक्ति तामाङ गएका थिए ।

प्रतियोगिता भारतको कराते महासंघद्वारा आयोजित राष्ट्रियस्तरको प्रतिस्पर्धा हो जसमा भारतका विभिन्न राज्यसहित अन्य मुलुकका प्रतिनिधि खेलाडीहरूको समेत सहभागिता रहेको थियो।

प्रतियोगितामा सहभागिताका लागि अवसर उपलब्ध गराउने तथा समन्वय र सहकार्य गर्ने संस्थाहरू तल उल्लेख गरिएको छ

१. आई डब्लू एफ कराते डो संघ, त्रिपुरेश्वर, काठमाडौं
२. रुवी भ्याली गाउँपालिका, सेर्तुङ, धादिङ
३. एडभान्स एकेडेमी स्कुल, धादिङ
४. नीलकण्ठ नगरपालिका, धादिङ
५. नीलकण्ठ डोजो, धादिङ

युनिकको यस ऐतिहासिक उपलब्धिपछि स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म बधाईको ओइरो लागेको छ। खेल क्षेत्रका विज्ञहरूले उनलाई भविष्यको अन्तर्राष्ट्रिय च्याम्पियनका रूपमा हेर्न थालेका छन्।