हावाहुरीले क्षति पुर्याएको टीका ब. श्रेष्ठको घर पुनर्निर्माण: सहयोगीहरुको नाम सहित

धादिङ । नीलकण्ठ –७ समटार निवासी ६२ वर्षीय टीका बहादुर श्रेष्ठको घर गत मंगलबार दिउँसो ३:१५ बजे तिर आएको भीषण हावाहुरीका कारण पूर्ण रूपमा क्षति पुगेको थियो। प्राकृतिक प्रकोपबाट विस्थापित श्रेष्ठको घर सहयोगी मनहरुका साथ पुनः बसोबास योग्य बनाइएको छ।

स्थानीय युवा नेता नबराज श्रेष्ठको मुख्य पहलमा विभिन्न सहयोगी व्यक्तिहरू र संघसंस्थाहरूको सक्रियतामा घरको पुनर्निर्माण सम्पन्न भएको हो।

सहयोग गर्ने संघसंस्थाहरू:
माहाङ्काली हाडवयर, नीलकण्ठ–३, धादिङबेसी
१५ पाता १० फिटे जस्ता
२६ फिटे प्लेन पाता जस्ता
स्क्रुप – ५० पिस

लक्ष्मी हाडवयर, नीलकण्ठ–३, धादिङबेसी
६ पिस १० फिटे जस्ता पाता

जय भैरवी हाडवयर, नीलकण्ठ–३, धादिङ
५ पिस ट्रस्ट पाइप
स्क्रुप – १०० पिस

रामलक्ष्मण हाडवयर, नीलकण्ठ–३, धादिङ
३ पिस टस पाइप

समटार IPM कृषि समूह
३ पिस टस पाइप

नेपाल रेडक्रस सोसाइटी, धादिङ शाखा
त्रिपाल

व्यक्तिगत रुपमा घर पुनर्निर्माणमा सहयोग पु-याउनेमा विशेष गरी राजु श्रेष्ठ- समाजसेवी तथा युवा नेता त्यस्तै माधव अधिकारी- समाजसेवी तथा युवा नेता लगायत वरपरका छरछिमेकी, पीडितका भाइ बालकुमार श्रेष्ठ, भतिज, भतिजी, बुहारी लगायत परिवारका सदस्यहरूको टोली सहयोग मार्फत घर पुर्णनिर्माण हुन सफल भएको हो ।

स्थानीय एकताको बलले आज संकटमा परेका एक परिवारलाई सुरक्षित आश्रय दिने कार्य सम्पन्न भएको छ। यस्ता सहयोगले संकटमा परेकाहरुलाई राहत मात्र नभई सामुदायिक आत्मबल पनि प्रदान गर्दछ।