धादिङ । नीलकण्ठ नगरपालिका वडा नं. ७ समटारका ६२ वर्षीय टीका बहादुर श्रेष्ठको घर मंगलबार दिउँसो आएको तेज हावाहुरीले पूर्ण रूपमा क्षति पुर्याएको छ। दिउँसो करिब ३:१५ बजे आएको हावाहुरीका कारण घर बस्नै अयोग्य बनेको हो।

परिवारमा एक्लै बस्दै आउनुभएका श्रेष्ठको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको हुँदा हाल उहाँ खुला आकासमुनि बस्न बाध्य हुनु भएको छ। वर्षाको समयमा यस्तो पीडादायक परिस्थितिमा उहाँलाई घर पुनर्निर्माण गर्न अत्यन्तै कठिन भएकोले सम्बन्धित निकायहरू, सामाजिक संघसंस्थाहरू तथा सहयोगी मन भएका व्यक्तिहरूलाई सहयोगका लागि आग्रह गरिएको छ।

हालसम्म प्राप्त राहत:
नेपाल रेडक्रस सोसाइटी, धादिङ शाखाबाट तात्कालिक राहत स्वरूप त्रिपाल उपलब्ध गराइएको छ। उक्त सामाग्री घटना स्थल सम्म पुर्याउन नवराज श्रेष्ठले समन्वय गर्नु भएको छ ।
साथै थप सहयोग गर्नको निम्ति तल उल्लेख भएको नम्बरमा सम्पर्क गर्न सकिने छ ।
सम्पर्क ९८६२७८७१०१




























