काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा देशभर हस्ताक्षर संकलन अभियान चलाइएको छ। अभियान सुरु भएको एक महिनामै २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर संकलन भएको जानकारी दिइएको छ।
रास्वपाका नेता प्रमोद न्यौपानेका अनुसार अभियान अहिले देशभर वडा तहसम्म विस्तार गरिएको छ। विदेशमा रहेका नेपालीहरूले पनि यसमा साथ दिइरहेका छन्।
सरकारले रवि लामिछानेलाई राजनीतिक प्रतिशोध स्वरूप दबाब दिन खोजेको भन्दै जनसमर्थन जुटाउन हस्ताक्षर अभियान सञ्चालन गरिएको बताइएको छ।
साथै, यो अभियानसँगै आर्थिक सहयोग संकलन पनि भइरहेको छ। अहिलेसम्म ५५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको आयोजकले जनाएका छन्।




























