कुवेत जान लागेका ४७ नेपाली महिला भारतबाट फर्काइयो

काठमाडौं — भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई भारतको दिल्ली विमानस्थलबाट नेपाल फर्काइएको छ।

उनीहरू एनओसी (अनुमति पत्र) बिना विदेश जान लागेका थिए। दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा नियन्त्रणमा लिइएपछि, उनीहरूलाई सुनौली नाका हुँदै रूपन्देही ल्याइएको हो।

नेपाली दूतावासका प्रतिनिधिले महिलाहरूलाई राति रूपन्देही पुर्‍याएर स्थानीय प्रशासनको जिम्मा लगाएका छन्।

यस घटनापछि गृहमन्त्री रमेश लेखकले गम्भीर ध्यान दिँदै मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई छानबिन गर्न र दोषीमाथि कारबाही गर्न निर्देशन दिएका छन्।