धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–५ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीहरूलाई आर्थिक वर्ष २०८२/८३ को लागि अनिवार्य रुपमा बायोमेट्रिक प्रणालीमार्फत नविकरण गर्नु पर्ने भएको छ।
गाउँपालिकाले जानकारी दिएअनुसार साउनदेखि भदौ मसान्तसम्म अनिवार्य रुपमा नविकरण गर्नुपर्ने भएकाले हाल जिल्ला बाहिर—विशेषगरी काठमाडौं र पोखरामा बसोबास गरिरहेका लाभग्राहीहरूलाई लक्षित गर्दै विशेष बायोमेट्रिक नविकरण कार्यक्रम तय गरिएको छ।
कार्यक्रम विवरण यस प्रकार छ:
काठमाडौं
मिति: २०८२ साउन ९ गते
स्थान: मकालु पेट्रोल पम्प अगाडि, श्री गेस्ट हाउस, कलंकी
समय: बिहान १२ बजेदेखि ५ बजेसम्म
पोखरा
मिति: २०८२ साउन १६ गते
स्थान: पोखरा
समय: बिहान ९ बजेदेखि ५ बजेसम्म
वडाले विशेषगरी ९० वर्षभन्दा बढी उमेर भएका अति अशक्त तथा दलित बालबालिकाहरूको हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने बताएको छ। यस्ता लाभग्राहीको हकमा एकैघरका परिवार सदस्यले निवेदन दिएर नविकरण गर्न सकिने व्यवस्था गरिएको छ।
थप जानकारीका लागि सम्पर्क:
📞 9749863876 / 9843145958







