देशभर वर्षाको सम्भावना: सतर्कता अपनाउन अनुरोध

sf7df8f}F,!$ c;f/ -/f;;_ M uGtJotkm{ hfFb} o'jtL dg;'g z'? eP;Fu} zlgaf/ eQmk'/sf] gofF lylddf laxfg k/]sf] kfgLaf6 hf]lug 5ftf cf]8]/ uGtJotkm{ hfFb} o'jtL . t:jL/ M rGb|snf If]qL

काठमाडौ । नेपालभर अहिले मनसुनी प्रभाव सक्रिय रहँदै आएको छ। हाल पूर्वी भागमा मनसुनको न्यून चापीय रेखा औसत स्थान आसपास छ भने पश्चिमतिर सामान्यभन्दा केही उत्तरतर्फ सरेको मौसम विभागले जानकारी दिएको छ।

देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कतिपय स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो र राति पनि पहाडी क्षेत्रहरूमा मेघगर्जन, चट्याङ र वर्षा हुने सम्भावना रहको छ।

साथै, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा पनि वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विभागले सम्भावित वर्षाका कारण पहिरो, बाढी, डुबान, भू–क्षय, गेग्रान बहाव र नदीको बहाव तीव्र हुन सक्ने बताएको छ। जसले यातायात, कृषि, पर्यटन, उडान सेवा, स्वास्थ्य र निर्माण क्षेत्र प्रभावित पार्न सक्ने भएकाले सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

साथै, जोखिम क्षेत्र आसपासका बासिन्दा तथा सम्बन्धित निकायलाई आवश्यक सावधानी र पूर्वतयारी गर्न सुझाव दिइएको छ।