त्रिपूरासुन्दरीमा भूमिहीन र सुकुम्बासीका लागि जग्गा नापजाँच सुरु

धादिङ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित वसोवासीका लागि आवास र जग्गा स्वामित्व सुनिश्चित गर्ने उद्देश्यले धादिङको त्रिपूरासुन्दरीमा जग्गा नापजाँच कार्य सुरु गरिएको छ।

भूमि समस्या समाधान आयोग धादिङ र त्रिपूरासुन्दरी गाउँपालिकाको समन्वयमा सञ्चालन हुने उक्त कार्यको औपचारिक शुभारम्भ गाउँपालिका अध्यक्ष राजु उप्रेतीले गरेका हुन्।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देबराज धरेल, जिल्ला भूमि आयोगका अध्यक्ष हरि पन्त, विभिन्न वडाध्यक्ष, स्थानीय जनप्रतिनिधि र सरोकारवालाको उपस्थिति रहेको थियो।

सहभागीहरूले यस अभियानले भूमिहीन तथा अव्यवस्थित वसोवास समस्यामा दीर्घकालीन समाधान ल्याउने विश्वास व्यक्त गरेका छन्।