काठमाडौं । आज फागुन ७ गते, देशभर ७५औं प्रजातन्त्र दिवस मनाइँदै छ। नेपालमा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष यो दिवस विभिन्न कार्यक्रमसहित मनाइने गरिन्छ।
२००७ सालको क्रान्तिपछि १०४ वर्ष लामो राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्रको शुरुआत भएको थियो। त्यसपछि प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ।
यस अवसरमा सरकारी तथा निजी क्षेत्रबाट विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। प्रजातन्त्र स्थापनाका लागि योगदान पुर्याउने वीर शहीदहरूलाई सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि गरिँदैछ।
प्रजातन्त्र दिवसले नागरिक अधिकार, स्वतन्त्रता, र समानताको महत्त्वलाई उजागर गर्दै जनताको संघर्ष र बलिदानको स्मरण गराउने गर्दछ।






