तामाङ रिमठिम पर्यटन सञ्जाल द्वारा आयोजित सोनाम ल्होछार विशेष कार्यक्रम सम्पन्न

काठमाडौं । तामाङ पर्यटन व्यवसायीहरुको छाता संगठन तामाङ रिमठिम पर्यटन सञ्जालद्वारा आयोजित २८६१ औं सोनाम ल्होछार शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा प्रमुख अथिति रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले ल्होछार शुभकामना दिदै स्थानीय सरकारले पर्यटन क्षेत्रमा गर्न सक्ने भुमिका र पर्यटन व्यवसायीहरुले गर्नुपर्ने औचित्य बारे आफ्नो भनाइ राख्दै समग्र नेपालको पर्यटन क्षेत्रमा सरकारले पर्यटन प्रवर्द्धन एवं संवर्द्धनको निम्ति कार्यक्रमहरु गर्दै आएको जानकारी दिए ।
त्यस्तै कार्यक्रममा बरिस्ठ पर्यटन व्यवसायी एवं टानका पुर्व अध्यक्ष नवराज दाहालले पर्यटन क्षेत्रमा सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा पर्यटन व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यस्तै उक्त कार्यक्रममा तामाङ रिमठिम पर्यटन सञ्जालकी अध्यक्ष सरिता तामाङले सोनाम ल्होछारको शुभकामना दिदै समग्र पर्यटन व्यवसायीहरुको हक अधिकार र पर्यटन व्यवसाय सन्चालनमा आएका समस्यामा सरकारको विशेष ध्यानाकर्षण हुनुपर्ने बताईन ।