धादिङ । रूबी भ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगी, वडा अध्यक्ष प्रशान्त तामाङसहित आठ जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो। उपभोक्ता समितिका अध्यक्षसहित संलग्न आठ जनालाई विशेष अदालतले दोषी नठहर्याउँदै सफाइ दिएको हो।






