धादिङ । त्रीपुरासुन्दरी गाउँ पालिका वडा न. ७ सिउरेनीमा तामाङ समुदायको सास्कृती पर्व सोनाम ल्होछार विशेष कार्यक्रम माघ १७ गते हुने भएको छ ।
कार्यक्रममा स्थानीय लामा नाच, झाक्री नाच नाच्नुका साथै स्थानीय नवप्रतिभावान प्रतिभाहरुको प्रास्फोटनका साथ तामाङ सेलो नृत्य प्रतियोगिता समेत हुने भएको छ । उक्त कार्यक्रमको प्रमुख आकर्षक गायक/ संगीतकार तथा पत्रकार सन्दिप स्याम्चेन तामाङ को साथमा चर्चित गायिका सन्जु लामाको बेजोड संगीतिक प्रस्तुति रहने छ ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र पार्टीका केन्द्रिय सदस्य एवम निवर्तमान बागमति प्रदेश मुख्य मन्त्री शालिकराम जमरकट्टेलको प्रमुख अतिथ्याता रहनेछ ।






