धादिङ । रुवी भ्याली गाउँपालिकामा बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम सहित भलिबल प्रतियोगिता हुने भएको छ ।
तामाङ समुदायको सांस्कृतिक पर्व २८६१औं सोनाम ल्होछार अर्थात् ‘डुल ल्हो सर्प बर्ग’को अवसरमा मिलिजुली युवा समाजको आयोजनामा कार्यक्रम हुने भएको छ ।
यहि माघ १० देखि १६ गतेसम्म पेन्तिस्या, तातोपानीमा पालिकास्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सहित चर्चित कलाकारहरुको साथमा वृहत सोनाम ल्होछार कार्यक्रम गर्न लागिएको मिलिजुली युवा समाजका अध्यक्ष बेगबहादुर तामाङले जानकारी दिए ।
भलिबल प्रतियोगिताको प्रथम पुरस्कार राशी नगद रु. १,२०,०००/-, द्दितिय पुरस्कार राशी नगद रु. ७५,०००/-, तृतीय पुरस्कार राशी नगद रु. ३५,०००/- र चौथो पुरस्कार राशी नगद रु. १५,०००/- सहित प्रमाणपत्र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै रुवी भ्याली गाउँपालिकाको पेन्तिस्यास्थित तातोपानीको पर्यटकीय प्रवर्द्धन गर्ने उदेश्यसहित उक्त कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले जानकारी दिए ।






