खनियाबासको कुन्डले खेल मैदानमा भैरहेको फुटबल प्रतियोगिताको भोलि समापन हुने

धादिङ, बिहीबार । सहिद गणेश तामाङ (दुन्दु) प्रथम स्मृति कप साविक वडा स्तरीय फुटबल प्रतियोगिताको भोलि शुक्रबार समापन हुँदै छ ।

उक्त फाइनल खेलमा प्रथम र दोस्रोको लागि हिमालय युवा क्लब र सदाबार युवा क्लब धार्ना बिच प्रतिस्पर्धा हुनेछ । भने तेश्रोको लागि कुरि युवा समाज र सत्यदेबी अहिङ्साबादि युवा क्लब बिच हुने सुजन तामाङले होराईजन खबरलाई जानकारी दिनु भयो ।

“स्वास्थको लागि खेल, राष्ट्रको लागि खेल” भन्ने मुल नाराको साथ खनियाबास ४ मा सहिद गणेश तामाङ (दुन्दु) प्रतिष्ठान द्वारा आयोजना गरिएको उक्त खेलमा प्रथम हुन सफल बिजेता टिमले नगद रु ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

खेलको भोलि हुने समापन समारोहको प्रमुख अतिथी खनियाबास गाउँपालिमा अध्यक्ष रन बहादुर तामाङ त्यस्तै बिशिस्ट अतिथीमा उपाध्यक्ष सेक्केमान तामाङ बिशेश अतिथीमा ४ नम्बर वडा अध्यक्ष लिलामान तामाङको रहने सुजन तामाङले जानकारी दिनु भयो ।