काठमाडौं । अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै रुवी भ्याली गाउँपालिकाका कराँते खेलाडीहरु भारत प्रस्थान गरेका छन् ।
रुवी भ्याली गाउँपालिकाको दोङदेन मा.वि, च्याम्रादेवी मा.वि र लापा माध्यमिक विद्यालयबाट जम्मा १२ खेलाडी र ३ प्रशिक्षक सहितको १५ जनाको टोलीलाई गाउँपालिकाको अध्यक्ष रामसिंह तामाङले बिदाई गर्दै खेल खेल्दा अनुसाशनमा रहेर खेल्ने र जितको शुभकामना दिएका छन् ।
टीमलाई ट्रयाकसुट र यातायात लगायत सम्पूर्ण व्यवस्था रुवी भ्याली गाउँपालिकाको समन्वयमा गरिएको पालिका अध्यक्ष तामाङले जानकारी दिए ।
बिदाइ कार्यक्रममा च्याम्रादेवी मा.वि.का व्यवस्थापक समिति अध्यक्ष रेशम तामाङले जितको शुभकामना दिदै बिदाई गरेका थिए ।






