म्हेन्दोमाया कलाकार संघले काठमाडौंको गोलढुङगामा सोनाम ल्होछार कार्यक्रम गर्दै

काठमाडौं । म्हेन्दोमाया कलाकार संघको आयोजनामा तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत २८६१औं सोनाम ल्होछार कार्यक्रम आयोजना गर्ने भएको छ ।

माघ १२ गते शनिबार तारकेश्वर नगरपालिका गोलढुङगा फुटबल ग्राउण्डस्थित काठमाडौंमा शुभकामना आदान-प्रदान तथा वृहत ल्होछार सांस्कृतिक कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष आरम्भ तामाङले जानकारी दिए ।
म्हेन्दोमाया कलाकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको मुल आयोजना र नुवाकोट धादिङ रसुवा समाज कुवेतको सह-आयोजनामा कार्यक्रमको तयारी गरिएको छ । 
कार्यक्रममा म्हेन्दोमाया कलाकारहरु संगै राष्ट्रिय ख्याति प्राप्त चर्चित कलाकारहरुको बेजोड प्रस्तुति हुने आयोजकले जनाएको छ ।