धादिङ । रुवीभ्याली गाउँपालिकाको बोराङ सम्म काठमाडौं देखि रुवी भ्याली डिलक्स् बस यातायात सेवा सुचारू भएको छ ।
धादिङ मण्डली यातायात प्रा.लि.द्वारा संचालित डिलक्स् बस यातायात सेवा सुचारू भए संगै उत्तरी धादिङ नेत्रावति डब्जोङ, गङगाजमुना, खनियाबास र रुवी भ्याली गाउँपालिकाका बासिन्दाले प्रत्येक्ष रुपमा लाभ मिलेको छ ।
अगामि दिनमा सडक स्तर उन्नतिसंगै सुलभ टिकट दरमा सबै ठाउँमा बस यातायातको विस्तार गरिने काठमाडौं-रुवी भ्याली डिलक्स् बस सेवा इन्चार्ज सचिन घलेले जानकारी दिए ।
बस सेवा सुचारु भए पनि बाटो साघुरो र कतिपय स्थलमा जोखिम युक्त समेत भएको यस्ले निम्त्याउन सक्ने दुर्घटनालाई न्यून गर्न तत्काल अप्ठ्यारो तथा साघुरो बाटोहरुलाई मर्मत तथा फराकिलो गर्नु आवस्यक देखिन्छ छ । जस्को निम्ति स्थानीय सरकार लगायत सबै तहको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ ।