धादिङ । रुवीभ्याली गाउँपालिकाको स्वास्थ्य शाखा द्वारा संघीय सशर्त अन्तर्गत अभिमुखिकरण, समिक्षा, फलोअप, अनुगमन तथा सुदृढीकरण सहित न्युनतम स्वास्थ्य मापदण्डसहितको सेवा दिने तयारी गरेको छ ।
कार्यक्रममा न्युनतम स्वास्थ्य सेवालाई व्यवस्थित मर्यादित र जनमुखी बनाउन लागि परेको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताए ।
उक्त कार्यक्रममा वडा अध्यक्ष फेदोर्जे तामाङ, प्रमुख प्रशासकीय अधिकृत नविन कुमार गोले, स्वास्थ्य अधिकृत राज तामाङ र जनस्वास्थ्य कार्यालय धादिङबाट तोयाराज छतकुली लगायत स्वास्थ्य सेवाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।