रोहित भण्डारी द्वारा धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी

धादिङ । धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारीले उम्मेद्वारी घोषणा गरेका छन् । भण्डारीले यहि पौष २६ र २७ गते धादिङबेशीमा हुने धादिङ उद्योग बाणिज्य संघको ३१ औँ साधारणसभा तथा ११ औँ अधिबेशनमा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने आज एक कार्यक्रमको आयोजना गरि घोषणा गरेका हुन् ।

रोहित भण्डारीको उम्मे्दवारी घोषणा समारोहमा पुर्व अध्यक्षहरु तेज बहादुर भण्डारी, धुव बहादुर थापा, प्रभातकिरण सुवेदी, चन्द्रकान्त अधिकारी, वोदनाथ दुवाडी, निवर्तमान अध्यक्ष रुद्र बहादुर खत्री र हालका बरिष्ठ उपाध्यक्ष तथा ११ औ अधिबेशन पछिका अध्यक्ष रामकुमार डल्लाकोटी लगाएतको उपस्थिति रहेको थियो ।
धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर ५ मा जन्मेका रोहित भण्डारी २०६७ सालमा कार्यालय प्रमुखको रुपमा धादिङ उद्योग बाणिज्य संघमा प्रवेश गरेका थिए । करिव ११ बर्ष कर्मचारी भई सेवा प्रदान गरेका भण्डारी हाल धादिङ उद्योग बाणिज्य संघमा कार्यसमिति सदस्य रहेका छन् । कर्मचारी हुँदा सवै ब्यवसायीको मन जितेका भण्डारी हाल कन्सल्टेन्सी (कर भ्याट) हार्डवयर, प्रोसेसिङ ड्रिकिङ वाटर, सुर्य नेपालको डिलरसिप ब्यवसाय र ठेक्का पट्टामा सक्रिय रहेका छन् ।

मिलनसार, लगनशील र सहयोगी भावना भएको भण्डारीले यस पटक सवैको मन जिति बरिष्ठ उपाध्यक्षमा आउने माहोल बनिसकेको धादिङबेशीका ब्यवसायीहरु बताउछन् । उद्योग बाणिज्य क्षेत्रमा लामो अनुभव संगालीसकेका रोहित भण्डारीलाई नेतृत्वमा ल्याउन सके स–साना ब्यवसायहरुलाई पनि राहत मिल्ने ब्यवसायीहरुको आकलन छ ।

२०४८ सालमा स्थापना भएको धादिङ उद्योग बाणिज्य संघमा हाल १ हजार ९ सय १८ अठार सदस्य रहेका छन् । ११ औँ अधिबेशनले ३३ जनाको कार्यसमिति चयन गर्ने छ । अधिबेशनबाट बरिष्ठ उपाध्यक्ष र कार्यसमिति सदस्य पदमा निर्वाचन हुने तथा पछि अध्यक्ष स्वत: बरिष्ठ बाट जाने र अध्यक्षले कार्यसमितिको बैठकबाट पदाधिकारी चयन गर्ने बिधानमा ब्यवस्था रहेको छ । उक्त दिन ९ जनाको ३ वटा क्षेत्रिय समितिको पनि निर्वाचन हुनेछ ।

यस्तो छ बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका रोहित भण्डारीका सार्वजनिक प्रतिवद्धताहरु :

धादिङ उद्योग वाणिज्य संघको सचिवालयमा भौतिक रुपले आधुनिक, सेवा प्रवाहका हिसाबले ब्यवसाय मैत्री र क्षमताका हिसाबले सक्षम जनशक्ति सहितको ब्यवसायिक परामर्श केन्द्र स्थापना गर्ने छु ।

वैध रुपमा जिल्लामा संचालित सबै प्रकारका उद्यम, व्यवसायलाई संघमा आबध्द गरी उनीहरुको ब्यवसायिक प्रवध्र्दन र बजारीकरणमा मेरो प्राथमिकता रहने छ ।

उद्योग ब्यवसाय मैत्री नीतिको तर्जुमा, नीतिहरुको पुनरावलोकन र भय रहित ब्यवसाय विकासको वातावरण तयार गर्न प्रयत्नरत रहने छु

उद्यमशीलता,नेतृत्व विकास र प्राविधिक सीप विकासका कार्यशाला, सेमिनार र प्रशिक्षणहरु संचालन गरी प्रतिस्पर्धात्मक गुणस्तर हासिल गर्न सघाउने छु ।

मेलाहरुलाई उत्सवका रुपमा संचालन गरी स्थानीय उत्पादनलाई राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा प्रवध्र्दन गर्दै स्थानीय ब्यवसायीहरु, लगानीकर्ताहरु र अन्तराष्ट्रिय साझेदारहरु बीच अन्तरकृयात्मक वातावरणको सिर्जना गर्ने छु ।

उद्यमी-ब्यवसायीहरुलाई ऋण वा लगानीका अवसरहरु सुरक्षित गर्न मद्दत गर्ने, वित्तिय संस्थाहरुसंग समन्वय गर्ने एवम् वित्तिय ब्यवस्थापन र अनुपालनका लागि वित्तिय र कानुनी सेवाहरुको अवसर प्रदान गर्ने छु ।

राष्ट्रिय–अन्तराष्ट्रिय फर्महरुसंग साझेदारी मार्फत नयाँ प्रविधिहरुमा जिल्लाका उद्यम ब्यवसायलाई जोड्ने छु ।

महिला, विपन्न, सिमान्तकृत समुदाय एवम् अपांगता भएका ब्यक्तिहरुका लागि संभाब्य उद्यम ब्यवसाय छनौट गरी उनीहरुको पहुँच स्थापित गर्ने छु ।

जिल्लाको पर्यटन प्रवध्र्दन, संस्कृतिको संरक्षणका क्षेत्रमा ब्यवसायिक संभाव्यताको थप अध्ययन गरी कार्यक्रम बनाउने छु ।
जिल्लाको राजमार्ग क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाको लागि पहल गर्नुछु । भने वुढीगण्डकी जलविद्युत परियोजना यथासिघ्र कार्यन्वयनमा ल्याउन संस्थागत पहल गर्नेछु ।

जिल्लाको मुख्य आम्दानीको श्रोत रहेको खनिजजन्य उत्पादन, जडीवुटी लगायतको विविधीकरण र वजारीकरणको लागि पहल गर्नेछु ।
स्थानीय तह स्तरमा उद्योग वाणिज्य संघको भुमिकालाई थप प्रभावकारी वनाउन स्थानीय तह स्तरिय उद्योग वाणिज्य समितिहरु गठन गरि सक्रिय वनाउनेछु ।

धादिङ उद्योग वाणिज्य संघसंग केही परियोजनागत असल सिकाइहरु छन्, आगामी दिनमा तपशीलका विषय क्षेत्रमा परियोजनाहरु संचालन गर्ने छु ।
 लेखा, मार्केटिङ, वाणिज्य क्षेत्रहरुमा इ –कमर्स ल्पेटफर्मको विकास
 कृषि उपजहरुको उत्पादन, प्रशोधन र बजारीकरण
 स्थानीय हस्तकला र उद्योगको प्रवध्र्दन र क्लस्टर विकास
 इको पर्यटन प्रवध्र्दन
 स्थानीय बजारहरुको स्थापना र आधुनिकीकरण
 सार्वजनिक नीजि साझेदारीबाट पूर्वाधार परियोजना संचालन एवम् औद्योगिक ग्राम स्थापना

स्रोत नीलकण्ठ एफएम