रुवीभ्यालीको रिचेत गुरुङ गाउँमा तमु ल्होछार विशेष ३ दिने कार्यक्रम हुने

रिचेत । रुवीभ्याली गाउँपालिकाको वडा नं.६ रिचेत गुरुङ गाउँमा तमु ल्होछार कार्यक्रम भब्य रुपमा मनाउने भएको छ ।

पौष १३, १४ र १५ गते ख्याति प्राप्त कलाकारहरुको साथमा भलिबल प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम गरिने संयोजक पदम गुरुङले जानकारी दिए ।

ज्योती आमा समुहको आयोजनामा हुने उक्त कार्यक्रमको समापन समारोहको प्रमुख अतिथि रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङको आतिथ्यतामा भब्य सम्पन्न हुनेछ ।