धादिङ । कर्मचारी मिलन केन्द्र धादिङले ‘आँखुको सुसेली’ पुस्तकको लोकार्पण गरेको छ। मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा ‘आँखुको सुसेली’ पुस्तक विमोचन गरिएको हो ।
पुस्तक चार खण्डमा विभाजित रहेको जानकारी दिँदै उहाँले पहिलो खण्डमा साहित्यिक सिर्जना, दोस्रो खण्डमा धादिङका सन्दर्भहरू, तेस्रो खण्डमा शैक्षिक विषयवस्तुहरू, र चौथो खण्डमा कविता, गीत, गजलजस्ता रचनात्मक सामग्री समावेश गरिएको छ ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पुस्तक प्रकाशनलाई धादिङका कर्मचारीहरूको अध्ययनशील र सिर्जनात्मक सोचको उदाहरणका रूपमा व्याख्या गर्नुभयो। उहाँले जनताको सेवा गर्ने उद्देश्यले आएका कर्मचारीहरूले आफ्नो व्यस्तताको बाबजुद पनि समय निकालेर यस्तो उपयोगी कृति तयार पार्नु सराहनीय भएको बताउनुभयो।






