धादिङ । गणेश हिमाल र पाबिल हिमालको काखमा अवस्थित रुबीभ्याली गाउँपालिका नेपाल कै एक घुम्न लायक उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल हो । पुर्बमा रसुवा जिल्ला, पश्चिम्ममा गोर्खा जिल्ला, उत्तरमा चिन र दक्षिणमा धादिङ कै खनियाबास र गंगाजमुना गाउँपालिकहरु संग जोडिएको यो गाउँपालिका पर्यटकीय रुपमा अत्यन्तै संभावना बोकेको गाउँपालिका हो । विश्व कै दुर्लभ मानिने रुबी ढुङ्गा, गुणस्तरको रुपमा हेर्ने हो भने यहाँ विश्व कै पहिलो नम्बरमा पाइन्छ ।
तस्बिर: गजेन्द्र गुरुङ
नेपालको पर्यटन पदमार्ग हरु मध्यको एक प्रसिद्ध रुबीभ्याली पदमार्ग पनि यहि पर्दछ । । यस गाउँपालिकामा घुम्नको निम्ति प्रशस्त प्राकृतिक, तथा धार्मिक स्थलहरु छन भने अध्यन, अबलोकन गर्न बिबिध सामाजिक, सांस्कृतिक पक्षहरु तथा वातावरणीय जैविक बिबिधताहरु रहेका छन ।
रुबीभ्यालीका प्रसिद्ध पर्यटकीय स्थलहरु:
१. पाङसाङ पास
रुबीभ्याली गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य स्थलको रुपमा परिचीत पाङसाङ पास हो । रुबीभ्याली गाउँपालिका वडा न १ मा रहेको यो स्थान ३८ सय ५० मिटर उचाईमा रहेकोे छ ।
पाङसाङ पास बाट करिब १ घण्टा हिडेर अलि माथि डाडाँमा रहेको भ्युटावरमा पुग्न सकिन्छ । जहाँ बाट गणेश हिमाल पाबिल हिमाल, लाङटाङ हिमाल, प्याल्डोर पिक लगायतका मनोरम हिमशृङ्खलाहरु, सुन्दर पहाडी प्राकृतिक दृश्यहरुको अबलोकन गर्न सकिन्छ ।
काठमाडौ देखि नुवाकोट रसुवाको धुन्चे, गत्लाङ, सोमदाङ हुँदै पाङसाङ पास सम्म झन्डै साढे १ दिन वा २ दिनमा यातायातको साधन मार्फत पुग्न सकिन्छ । भने धादिङ बेसि बाट लगभग १ दिन मै यातायातको साधन मार्फत पुग्न सकिन्छ ।
पाङसाङ पास घुम्नको लागि सबैभन्दा उपयुक्त समय भनेको चैत/वैशाखको महिना हो । यस बेला पाङसाङ क्षेत्रमा विभिन्न प्रजातिका फूलहरू र भेडीगोठको सुगन्ध पनि थपिन्छ । त्यस्तै मंसिर महिनाको १५/२० गते बाट पाङसाङ पास वरपर हिउँ पर्न थाल्छ । हिउँ हेर्नको निम्ति माघको अन्त्य तिर त्यहाँ घुम्न जानू उपयोगी हुने गर्दछ ।
२. तातोपानी पानी
रुबीभ्याली ४ र ५ को सिमानामा पर्ने आखु खोलाको किनारमा रहेको तातोपानी नेपाल कै धेरै तातोपानीहरु मध्यको एक उत्कृष्ट तातोपानीको रुपमा रहेको स्थानीय बताउन्छन । यहाँको पानी धेरै तातो र मानिसहरुको धेरै रोगहरु यहाँ नुहाएर निको भएको स्थानीयहरु भन्ने गर्छन ।
आखु खोलाको किनारमा रहेकोे, नियालो घारी सगै लालिगुराँसहरुको चारैतिर अबलोकन गर्दै प्राकृतिक तातोपानीमा नुहाउदा स्वर्गीय अनुभुती हुने गर्दछ ।
३. कालो सेतो दह
(यस्को लेखेर सकिन लाग्यो )
४. बोराङ गाउँमा रहेको २२ फिट अग्लो शिव मुर्ति :
रुबीभ्याली ४ को बोराङ गाउँमा २२ फिट अग्लो शिव मुर्ति रहेको छ भने मुर्ति सगै १८ फिट अग्लो त्रिशुल पनि रहेको छ । बोराङ गाउँ कै सिरान डाडामा रहेको उक्त स्थान बाट गणेश हिमाल, पाबिल हिमाल लगायक अन्य गाउँपालिकाको मनोरम स्थलहरु सगै खनियाबास र गंगाजमुनाको केहि भुभागहरु समेत अबलोकन गर्न सकिन्छ
त्यस्तै शिव मुर्ति आसपास नै गाउँपालिकाको प्रशासकीय भबन समेत रहेको छ ।
५. ब्रागरजो दरबार
तामाङ राजाले राज गरेको दरबारको अवशेषहरु अझै रुबीभ्याली ३ सेर्तुङ गाउँको ब्रागरजो डाडामा रहेकोे स्थानीय बताउन्छन ।
हाल यो दरबारको बाकी अवशेष सगै भगवान बुद्धको ठूलो मुर्ति समेत निर्माण गरिएको छ । सेर्तुङ गाउँको सिरानको डाडामा त्यस दरबार रहेकोले त्यस स्थान बाट उदाउन लागेको र अस्ताउन लागेको घामको सुन्दर दृश्य अबलोकन गर्न सकिन्छ । त्यस्तै गणेश हिमाल र पाबिल हिमाल सहित अन्य सुन्दर दृश्यहरु देख्न सकिन्छ ।
६. ५ सय बर्ष इतिहास बोकेका फेन्च्यत गुम्बा र तासिछेजोङ गुम्बाहरु !
झण्डै ५ सय बर्ष भन्दा पुरानो इतिहास बोकेको रुबीभ्याली ३ सेर्तुङको फेन्च्यत गुम्बा र रुबीभ्याली २ तिप्लिङको तासिछेजोङ गुम्बाहरु हुन ।
भुकम्पले क्षति पुराए सगै पुरातात्त्विक बिभागले झन्डै डेढ / दुई करोडको आर्थिक सहयोगमा ५ सय बर्षको ग्यारेन्टी सहित विभिन्न हस्तकला तथा आकर्षक डिजाइनमा तासिछेजोङ गुम्बा निर्माण सम्पन्न भै सकेको छ भने फेन्च्यत गुम्बा निर्माण हुँदै छ ।
फ्यान्च्यत गुम्बाको इतिहास !
१० पुस्ता अगाडि तत्कालीन अबु राजाको पालामा सेर्तुङ गाउँको सिरानमा रहेको ब्रागर डाडामा तामाङ राजाले शासन गरेका थिए । त्यही बेला राजाले पानी खाने मुहानमा दुश्मनले विष मिसाउला भनी एक जना कुरुवा घर बनाई कुरुवा राखिएको थियो । उक्त कुरुवाले प्रत्येक औशी पुर्णिामामा पानीको मुहानमा बौद्ध धर्म सम्बन्धि लामाको बाजा गाजा गुनगुनाएको थाहा पाए र त्यो कुरा कुरुवाले राजालाई सुनाए । उक्त अनौठो कुरा राजाले थाहा पाए पछी काठमाडौ बाट एक लामालाई ल्याई उक्त स्थानमा गुम्बाको निर्माण गरिएको स्थानीय बताउन्छन ।सात पुस्ता अगाडि उक्त गुम्बामा नेवारी मुखियाले चढाएको घण्टी (अझै पनि रहेको छ )
सेर्तुङको राजाको निमन्त्रणामा प्रथम पटक काठमाडौ देखि सेर्तुङमा आएका नेवारी ब्यापारी मुखियाले चढाएको घण्टी अझै पनि गुम्बामा रहेको छ ।
करिब सात पुस्ता नेवारी समुदाय सेर्तुङ गाउँमा बसोबास गरेको र हाल अझै ३ घर नेवारी समुदाय सेर्तुङ मै रहेका छन ।
७. उत्तरी धादिङ कै घना बस्तीको रुपमा परिचीत पर्यटकीय लापा गाउँ
उत्तरी धादिङ कै सबै भन्दा बाक्लो घरहरू भएको गाउँ रुबीभ्याली ५ को लापा गाउँ हो । झन्डै ८/९ सय घरधुरी भएको यो गाउँलाई सानो काठमाडौ भनेर पनि चिनिने गरेको छ । गोर्खा जिल्ला जाने रुबीभ्याली पदमार्ग अन्तर्गतको एउटा प्रमुख स्थलको रुपमा परिचीत यो गाउँ अत्यन्तै सुन्दर रहेको छ । यो गाउँ पुगे पछि छुट्टै आनन्दको अनुभुती हुनेछ ।
लापा गाउँमा ३५ वटा भन्दा धेरै पसल, होटल लगायतका ब्यबसायहरु छन । विभिन्न किसिमका सुबिधा सम्पन्न होटल कफी सपहरु, मोबाइल पसलहरु, किराना तथा हार्ड वेयर लगायत सबै किसिमको होलसेल तथा खुद्रा सामानका पसलहरु यहाँ पाइन्छ । आधुनिक किसिमका ३/४ तल्लाका पिल्डल घरहरु देखि पुराना शैलीका आक्रसक घरहरु यहाँ रहेका छन ।
रुबीभ्याली पुगे पछि छुटाउ नै नहुने एउटा स्थान गाउँ लापा गाउँ पनि रहेको छ ।
८. ऐतिहासिक ल्हदेन गुफा
रुबीभ्याली ५ लापाको सेङकरचोमा रहेको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको ल्हदेन गुफा हो । त्यस भित्र करिब १५ मिटर फैलिएको गुफा रहेको छ । जहाँ बुद्धको आकृति, त्यस्तै, केराको झुप्पोहरु र कुकुरले खाना खाने भाडोको आकृतिहरु रहेको छ ।
यो स्थान लापा बाट लगभग १ घण्टामा सजिलै पुग्न सकिन्छ ।