अन्तरास्ट्रिय खबर । इजरायली रक्षा बल (आईडीएफ) ले सिरियाको राजधानी दमास्कस र लाटाकिया बीचको क्षेत्रमा सिरियाली सेनाको ७० देखि ८० प्रतिशत सैन्य सम्पत्ति नष्ट गरेको दाबी गरेको छ ।
आइडीएफले शनिबार रातिदेखि उसको वायु सेना र नौसेनाले सिरियामा ३५० भन्दा बढी आक्रमण गरेको जनाएको छ।
यी आक्रमणहरूबाट, दमास्कस र लाटाकिया बीचको ७० देखि ८० प्रतिशत रणनीतिक सैन्य सम्पदाहरू नष्ट भएका छन्। यसमा लडाकु विमान, राडार र वायु रक्षा साइटहरू, नौसेना जहाजहरू र हतियार आधारहरू समावेश छन्।
इजरायली रक्षामन्त्री इजरायल काट्जले भने, “हिजो राती इजरायली नौसेनाले सिरियाली नौसेनाको फ्लीटमा सफलतापूर्वक आक्रमण गरी नष्ट गरेको छ।”
इजरायलको सेना सिरियाको गोलान हाइट्सबाट सिरियाको डिमिलिटराइज्ड बफर जोनतर्फ अघि बढेको छ ।
काट्जका अनुसार उनले आइडीएफ लाई “दक्षिणी सिरियामा हतियार र आतंकवादी खतराहरू मुक्त र इजरायली उपस्थिति नभएको क्षेत्र स्थापना गर्न आग्रह गरेका छन्।”
सिरियामा बसर अल-असदको सत्ताबाट पतन भएपछि इजरायलले लगातार सैन्य लक्ष्यहरूमा आक्रमण गरिरहेको छ। सिरियाली सेनाको हतियार विद्रोहीको हातमा नपरोस् भनेर आफूले यी आक्रमणहरू गरिरहेको उनले बताए ।
हाल सिरियामा विद्रोहीको सरकार छ । यस अन्तरिम सरकारमा मोहम्मद अल बसिरलाई प्रधानमन्त्री बनाइएको छ ।