धादिङ । धादिङ अस्पतालको ४८ औँ बार्षिक उत्सबको अबसरमा मंगलबार भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेका छन ।
धादिङ अस्पतालको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको प्राबिधिक सहयोगमा धादिङ अस्पतालको परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा १८ जना महिला र ६२ जना पुरुष गरि जम्मा ८० जनाले रक्तदान गरिएको अस्पतालले एक सुचना प्रकाशन गर्दै जानकारी गराएको छ ।