काठमाडौ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। यसअघि गत जेठदेखि विभिन्न मितिमा निर्वाचनको कार्यक्रम तोकिए पनि सदस्यता वितरण विवादका कारण स्थगित भएको थियो।
गत असोजमा भक्तपुरमा सम्पन्न जिल्ला शाखा, प्रतिष्ठान अध्यक्षहरुको भेलाले यसअघि शाखाको सिफारिसमा प्रदेश समितिले टुङ्ग्याएको सदस्यताकै आधारमा निर्वाचन कार्यक्रम अघि बढाउन गरेको निर्णय अनुसार आज उम्मेद्वारी दर्ता भएको हो।
विभिन्न पदमा उम्मेद्वारी दिनेको सूची सार्वजनिक गरिएको छ।










