धादिङ । नेकपा (माओवादी केन्द्र) रुवीभ्यालीको पालिका सम्मेलन रुवीभ्याली ५ लापामा सम्पन्न भएको छ । सम्मेलनबाट करिमान तामाङको अध्यक्षतामा ४० सदस्यीय नयाँ कार्यसमितिको गठन गरिएको छ ।
त्यस्तै उपाध्यक्षमा विपिन तामाङ, नरबहादुर गुरुङ र गजेन्द्र गुरुङ चयन भएका छन् भने सचिवमा म्लङ्गे तामाङ, कोषाध्यक्षमा लालिमायाँ तामाङ र सह सचिवमा बविल घले निर्विरोध चयन भएका छन् ।
नेकपा माओवादी केन्द्र रुवीभ्यालीको निवर्तमान अध्यक्ष कर्मलामा तामाङको अध्यक्षतामा भएको कार्यक्रमको पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै केन्द्रिय सदस्य रामबहादुर भण्डारी बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी, धादिङ संयोजक मनराज भण्डारी प्रदेश सदस्य एवम् गाउँपालिका अध्यक्ष रामसिसह तामाङ, मिम्बा तामाङ लगायतको आतिथ्यता रहेको थियो ।






