नेपाल टेलिकमको सेवा बाट रुबीभ्यालीका सेवाग्राही हैरान: ध्यानाकर्षण पेश

धादिङ । नेपाल टेलिकमको सेवा बाट आर्जित भै उत्तरी धादिङका रुबीभ्यालीका स्थानीयहरुले नेपाल टेलिकम धादिङलाई सोमबार ज्ञापन पत्र पेश गरिएको छ ।

उत्तरी धादिङको मुख्य गरि रुबीभ्याली गाउँपालिका सहित खनियाबास र गंगाजमुना गाउँपालिकाको केही क्षेत्रहरुमा हरेक बर्ष बर्खा र जाडो महिनामा नियमित रुपमा बिगत लामो समय देखि मोबाइल नेटवर्कमा समस्या देखिने गरेको छ । १ दिन घाम नलाग्ने हो भने रुबीभ्याली ५ को डेजोङ डाँडामा रहेको टावरले काम नगर्ने जस्ले गर्दा मुख्य गरि रुबीभ्याली ५ को कपुरगाँउ त्यस्तै वडा नं ६ को रिचेत, वडा न ४ को बोराङ लगायतको आसपासमा मोबाइल नेटवर्क बन्द हुने गर्दछ । साथै लामो समय सम्म घाम नलाग्दा रुबीभ्यालीको अन्य स्थान तिप्लिङ एबं लिङ्जोमा रहेको टावरमा समेत समस्या देखिने गरेको छ । जस्ले गर्दा सिङ्गो रुबीभ्याली नै मोबाइल नेटवर्क बाट बिच्छेद हुने गरेको छ ।

त्यस्तै खनियाबास गाउँपालिकाको वडा न १ को धेरै जसो स्थान र वडा न २ को केही स्थानमा समेत रुबीभ्याली ५ स्थित डेजोङ डाँडाको टावरले नै काम गर्ने हुदा त्यस क्षेत्रमा समेत मोबाइल नेटवर्क बन्द हुने गर्दछ ।

सञ्चार जस्तो अत्यन्तै महत्त्वपूर्ण एबं संबेदनसिल नभई नहुने बस्तुमा हरेक बर्ष पटक पटक समस्या दोहोरी रहदा पनि यस बिषयमा नेपाल टेलिकम लगायत स्थानीय, प्रदेश र संघ तिनै तहका सरकारहरुको खासै ध्यान पुग्न सकेको छैन ।

बर्खाको समय कहिले बाढी पहिरो वा आपतकालीन बिरामी हुदाँ मोबाइल नेटवर्क सम्पर्क बिहिन भयो भने त्यसले झनै ठुलो समस्या सृजना गर्न सक्ने हुदा यस बिषयलाई तिनै तहका सरकार र नेपाल टेलिकमको तुरुन्तै ध्यानाकर्षण भै दीर्घकालीन समस्याको समाधान खोजी गरिदिनु हुन पत्र मार्फत ध्यानाकर्षण गरिएको छ ।

त्यस्तै रुबीभ्याली गाउँपालिका वडा ४ को हिन्दुङ गाउँमा त अझै मोबाइल नेटवर्क नै पुग्न सकेको छैन, रुबीभ्याली ५ को नेबेर र वडा न ६ को लप्चेत गाउँ र कुप्चेत गाउँमा समेत राम्रो संग मोबाइलको टावर नआउने समस्या छ । जस्को लागि केही समय रुबिभ्याली ५ स्थित तिम्ला डाडामा टावर राख्न सर्वेक्षण समेत भएको भनिएको थियो । तर त्यसको कार्य अगाडी बढ्न सकेन ।

रुबीभ्यालीको मोबाइल नेटवर्क समस्याको समाधान गर्न तल उल्लेखित कार्यहरु गर्नु आवस्यक रहेकोे ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

१. तत्काल अस्थायी समाधानको निम्ति पुरानो ब्याट्री परिवर्तन गर्ने वा थप ब्याट्रीहरु राख्नु पर्ने ।
२. दीर्घकालीन समस्या समाधानको निम्ति बिद्युत प्राधिकरण संग समन्वय गरि सबै मोबाइल टावर सम्म बिद्युत पुर्याई सोलारको सट्टा बिजुलि बाट मोबाइल टावर संचालक गर्नु पर्ने ।
३. तिम्ला डाँडामा नयाँ मोबाइल टावर तुरुन्तै राख्नु पर्ने ।

माथिका उल्लेखित कार्यहरुको निम्ति नेपाल टेलिकम, स्थानीय सरकार लगायत अन्य तहको सरकारहरुको आपसी समन्वयमा आर्थिक ब्यबस्थापन गरि तत्काल मोबाइल नेटवर्कको समस्या समाधान गर्न, मुख्य गरि नेपाल टेलिकम लगायत सम्पुर्ण सरोकार निकाय समक्ष यसै पत्र मार्फत ध्यानाकर्षण गरिएको छ ।

साथै ध्यानाकर्षण पत्र बुजे सगै उक्त समस्या समाधानको निम्ति नेपाल टेलिकमको केन्द्रिय कार्यालय अन्तर्गत मोबाइल नेटवर्क टिमलाई जानकारी गराई समस्या समाधान गर्ने कार्यालय प्रमुखले बताउनु भयो ।