रुवीभ्याली आधारभूत अस्पताललाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण तथा भवन उद्घाटन

धादिङ । जनस्वाथ्य कार्यालय धादिङको आयोजना र रुबीभ्याली गाउपालिकाको ब्यबस्थापन तथा समन्वयमा रुबीभ्यालीमा ३ दिने स्वास्थ्य शिबिर संचालन भै रहेको छ ।

सोही अवसरमा सेचेन करुणा र रुबीभ्याली गाउँपालिकाको साझेदारीमा निर्माण सम्पन्न ग्रामीण अस्पतालको बागमती प्रदेश स्वास्थ मन्त्री किरण थापा मगर द्वारा उद्घाटन गरिएको छ । त्यस्तै बागमती प्रदेश स्वास्थ मन्त्रालय द्वारा प्रदान गरिएको अल्ट्रासाउण्ड मेसिन समेत हस्तान्तरण गरिएको छ ।

शिविरमा बिभिन्न रोगका बिसेसज्ञ सहितको डाक्टरहरु द्वारा चेकजाच तथा अन्य सेवाहरु प्रदान गरिने उक्त शिविर रुबीभ्याली ३ सेर्तुङमा रहेको रुबीभ्याली आधारभूत अस्पतालमा बिहान १० बजे देखि बेलुका ५ बजे सम्म शिविर संचालन हुने छ ।

शिविरमा उपलब्ध सेवाहरु गाउपालिका ।

१. हार्डजोर्जी तथा नशारोग
२. स्त्रीरोग सम्बन्धी
३. भिडियो एक्सरे सेवा
३. दन्त चिकित्सक द्वारा दात परिक्षण तथा उपचार
४.नेत्र चिकित्सक द्वारा आँखा परिक्षण तथा तथा उपचार सेवा
६. बालरोग उपचार तथा ब्यबास्थापन
७. जनरल फिजिसियन द्वारा परिक्षण तथा उपचार सेवा
८. आयुर्बेद सेवा
९. पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने (३० बर्ष भन्दा माथीका महिलाहरूको)
१०. स्वास्थ्य आमा समुहमा पोषण मुख स्वास्थ्य तथा हातको सरसफाई बारे अन्तरक्रिया कार्यक्रम
११. विद्यालयको विद्यार्थीहरुको पोषण मुखको सरसफाई तथा हात धुने तरिकाबारे सिकाई/अन्तरक्रिया

मंगलबार देखि सुर भए पनि शिविरको औपचारिक उद्घाटन आज भएको थियो । जस्मा प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ मन्त्री किरन थापा मगर तथा कार्यक्रमको अध्यक्षता रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले गर्नु भएको थियो ।

त्यस्तै विशेष अतिथिहरुमा पुर्व मन्त्री एबं प्रदेश सांसाद डम्बर तामाङ रुबीभ्याली गाउँपालिका उपाध्यक्ष फेलामा तामाङ, जनस्वास्थ्य प्रयोग शाला निर्देशक नारायण कार्की, बागमती प्रदेश स्वास्थ मन्त्रालयका अस्पताल ब्यबस्थापन तथा चिकित्सक महाशाखाका प्रमुख डा. खगेस्वर गेलाल, धादिङ अस्पतालका निमित्त निर्देश डा. गगन अधिकारी सहित बिसेसज्ञ टिम गाउँपालिकाको कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत

रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिह तामाङले स्वास्थ सामाग्री प्रदान गरिएकोमा बागमती प्रदेशको स्वास्थ मन्त्रालयलाई धन्यवाद ब्यक्त गर्नु भयो । त्यस्तै रुबीभ्याली आधारभुत अस्पतालको नया भवन निर्माण गर्न सहयोग गरिएकोमा सेचेन करुणालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै शिविरको आयोजना गर्ने जनस्वास्थ्य कार्यालय धादिङ, बागमती प्रदेश स्वास्थ मन्त्री, तथा सांसद डम्बर तामाङलाई समेत धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रममा सेचेन करुणा संस्थाका कार्यक्रम संयोजक कृष्ण गुरुङले रुबीभ्यालीको चौतर्फी बिकासको निम्ति शिक्षा, स्वास्थ, कृषि लगायत बिबिध क्षेत्रमा कार्य गरिएको बताउनु भयो । त्यस्तै बागमती प्रदेशका स्वास्थ मन्त्री मगरले धादिङको १३ वटा नै स्थानीय तहको स्वास्थ क्षेत्रको अभिभावकको भुमिका खेल्दै सक्दो सहयोग गर्ने बताउनु भयो ।