लैंगिक हिंसा विरुद्ध नारी संरक्षण केन्द्र द्वारा रुबीभ्यालीमा विविध कार्यक्रमको आयोजना

धादिङ । लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान सोमबार देखि देश ब्यापी रुपमा सुरु भएको थियो । स्वही अवसरमा रुबीभ्यालीमा नारि सरक्षण केन्द्रको आयोजना तथा रुबीभ्याली गाउपालिकाको समन्वयमा लैगिक हिंसा विरुद्ध अभिमुखीकरण तथा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार रुबीभ्याली ३ सेर्तुङमा भएको कार्यक्रमामा नारी संरक्षण केन्द्रको कार्यक्रम संयोजक जेरोम घलेको अध्यक्षता तथा गाउपालिका अध्यक्ष रामसिंह तामाङको प्रमुख आतिथ्यता तथा सोहि वडाका अध्यक्ष, अन्य जनप्रतिनिहरु, शिक्षक शिक्षिकाहरु, महिला आमा दिदीबहिनीहरु, प्रहरी लगायतको सहभागीतामा अन्तरक्रिया कार्यक्रम भएको थियो ।

त्यस्तै मंगलबार नारी संरक्षण केन्द्रको कार्यक्रम संयोजक जेरोम घलेको अध्यक्षता र रुबीभ्याली गाउँपालिका वडा न. २ को अध्यक्ष रुपा घलेको प्रमुख आतिथ्यता र वडा न. १ को अध्यक्ष पम्बर तामाङको विशेष आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गोठन देवी आ. वि., दोङदेन देवी मा. वि. का स्कूलका शिक्षक शिक्षिका, स्वस्थ्य कर्मी, प्र. अ. , वडा सदस्यहरु, करुणा सेचन संस्था कर्मचारीहरु, तिप्लिङ स्वास्थ चौकी, NJS लगायतको सहभागीता रहेको थियो ।