धादिङ । जनस्वाथ्य कार्यालय धादिङको आयोजना र रुबीभ्याली गाउपालिकाको ब्यबस्थापन तथा समन्वयमा रुबीभ्यालीमा आज देखि ३ दिन सम्म स्वास्थ्य शिबिर सुरु भएको छ ।
शिविरमा बिभिन्न रोगका बिसेसज्ञ सहितको डाक्टरहरु द्वारा चेकजाच तथा अन्य सेवाहरु प्रदान गरिने उक्त शिविर रुबीभ्याली ३ सेर्तुङमा रहेको रुबीभ्याली आधारभूत अस्पतालमा बिहान १० बजे देखि बेलुका ५ बजे सम्म शिविर संचालन हुने छ ।
शिविरमा उपलब्ध सेवाहरु गाउपालिका ।
१. हार्डजोर्जी तथा नशारोग
२. स्त्रीरोग सम्बन्धी
३. भिडियो एक्सरे सेवा
३. दन्त चिकित्सक द्वारा दात परिक्षण तथा उपचार
४.नेत्र चिकित्सक द्वारा आँखा परिक्षण तथा तथा उपचार सेवा
६. बालरोग उपचार तथा ब्यबास्थापन
७. जनरल फिजिसियन द्वारा परिक्षण तथा उपचार सेवा
८. आयुर्बेद सेवा
९. पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने (३० बर्ष भन्दा माथीका महिलाहरूको)
१०. स्वास्थ्य आमा समुहमा पोषण मुख स्वास्थ्य तथा हातको सरसफाई बारे अन्तरक्रिया कार्यक्रम
११. विद्यालयको विद्यार्थीहरुको पोषण मुखको सरसफाई तथा हात धुने तरिकाबारे सिकाई/अन्तरक्रिया
शिविरको औपचारिक उद्घाटन भोलि हुनेछ । जस्मा प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ मन्त्री किरन थापा मगर तथा कार्यक्रमको अध्यक्षता रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले गएनु हुनेछ ।