धादिङ । लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान भोलि देखि देश ब्यापी रुपमा सुरु हुदै छ । स्वही अवसरमा रुबीभ्यालीमा नारि सरक्षण केन्द्रको आयोजना तथा रुबीभ्याली गाउपालिकाको समन्वयमा लैगिक हिंसा विरुद्ध अभिमुखीकरण तथा अन्तर्किया कार्यक्रमा हुने भएको छ ।
भोलि १० गते वडा न. ३ को सेर्तुङमा र ११ गते वडा न २ को तिप्लिङमा उक्त कार्यक्रम हुने संस्थाका कार्यक्रम संयोजक जेरोम घलेले होराईजन खबरलाई जानकारी दिनु भयो ।
कार्यक्रमामा गाउपालिका अध्यक्ष रामसिंह तामाङ, सोहि वडाका अध्यक्ष, अन्य जनप्रतिनिहरु, शिक्षक शिक्षिकाहरु, स्वास्थ कर्मीहरु, महिला आमा दिदीबहिनीहरु, प्रहरी लगायतको सहभागीतामा अन्तरक्रिया कार्यक्रम हुनेछ ।