राप्रपा धादिङ क्षेत्र न. २ को अध्यक्ष रामबहादुर तामाङको निधन

धादिङ । राप्रपा धादिङका क्षेत्रीय अध्यक्ष राम बहादुर तामाङको मृत्यु भएको छ । राप्रपा धादिङ क्षेत्र नम्बर २ का अध्यक्ष तामाङको बुधबार राती मृत्यु भएको हो ।

धादिङको गंगाजमुना गाउँपालिका २ का तामाङ ६०बर्षको हुनुहुन्थ्यो । बुधबार साँझ अचानक स्वास्थ्यमा समस्या आएपछि तामाङलाई धादिङ अस्पतालमा लगिएको थियो ।सदरमुकाम धादिङबेसीको मिलनटोलमा बस्दै आईरहेका थिए ।

जिल्ला विकास समिति धादिङका पूर्व सदस्य समेत रहेका तामाङलाई किड्नीको समस्या देखिपछि नियमित डायलोसिस गराईरहेका थिए । स्वर्गिय तामाङको १ छोरा र १ छोरी छन । तामाङको निधन प्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत धेरैले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।