धादिङ । त्रिपुरासुन्दरी गाँउपालिकामा भोली मंसिर ५ गते बुधबारबाट सञ्चालन हुने सल्यानटार महोत्सवमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रिय अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नआउने भएको छ ।
मंसिर ५ गतेबाट त्रिपुरासुन्दरी गाउँपालिका, सल्यान्टारमा आयोजित सल्यान्टार महोत्सव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)द्वारा उद्घाटन गरिने भनिएको भएता पनि उहाँको कार्य व्यस्थताले गर्दा आउन असमर्थ भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति धादिङले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।