धादिङ । खनियाबास गाउँपालिकाको प्रत्येक वडामा शेचेन करुणा संस्थाको आर्थिक तथा प्राबिधिक सहायोगमा निशुल्क आखा जाँच शिबिर सम्पन्न भएको छ ।

उक्त शिविरमा पालिकाको सबै वडाको ११ सय ३७ जनाको आँखा परिक्षण गरिएको छ । जस्मा ६७ जनामा मोतीबिन्दु देखिएको संस्थाका फिल्ड सहायक युएन तामाङले होराईजन खबरलाई जानकारी दिनु भयो ।

साथै मोतीबिन्दु देखिएका ६७ जनालाई खनियाबाँस गाउँपालिका, शेचेन करुना संस्था र तिलगंगा आँखा अस्पतालको त्रिपक्षीय समन्वयमा यही मंसिर महिना भित्र धादिङ जिल्लाको सदरमुकाम स्थित धादिङ आँखा अस्पतालबाट आयोजित आँखा शिबिरमा तिलगंगा आँखा अस्पतालको आँखा सम्बन्धी विशेषज्ञ डाक्टरहरु द्वारा निशुल्क अपरेसन अथवा शल्यक्रिया समेत गराइने गुरुङले बताउनु भयो ।







