धादिङका ७ विद्यालयका ५० विद्यार्थीहरुलाई बुद्धिचाल खेल सम्बन्धि तालिम प्रदान

धादिङ । रोट्रयाक्ट क्लब अफ धादिङको आयोजना र रोट्ररी क्लब अफ धादिङको समन्वयमा जिल्लाको सात विद्यालयहरुमा बुद्धि चाल सम्बन्धि २ दिने तालिम धादिङ बेसिमा शनिबार सप्पन्न भएको छ ।

संस्थाका RTR उत्तम सिलवालको अध्यक्षता एबं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्यता र RTR भवानी भट्टराईको सञ्चालनमा जिल्ला समन्वय समितिको हलमा उक्त खेल सम्पन्न भएको रोट्रयाक्ट क्लब अफ धादिङका सदस्य सपना दाहालले जानकारी दिनु भयो ।

तालिममा जिल्लाको सात ओटा सरकारी बिद्यालयहरु बाट पचास जना विद्यार्थीहरु सहभागी भएका थिए । जस्मा नीलकण्ठ बालमन्दिर मा. वि., पशुपति मा. वि., गैरी गाउ मा. वि., देउराली मा. वि., सुनौलो भैरवी मा. वि., महेन्द्र मा. वि., र रामकोट मा. वि. का विद्यार्थीहरु सहभागी भएका थिए । तालिममा बुद्धिचाल खेलबारे सैद्धान्तिक कुराहरूको साथै खेलाडीहरुमा हुनु पर्ने अनुसाशन, सतर्कता लगायत विभिन्न नियमहरुको बारे जानकारी प्रदान गरिएको थियो ।

रोट्रयाक्ट क्लब अफ धादिङले यो खेलको प्रचारप्रसार गर्दै विद्यार्थीहरुलाई मोबाइल तथा इन्टरनेट बाट टाढा राखी साथीभाईहरुको बीच मा बस्न मन लाग्ने वातावरण निर्माण गर्दै समाजमा नयाँ पुस्ताहरु माझ सकारात्मक परिवर्तन ल्याउने प्रयासमा लागि परेको छ ।