धादिङ । चर्चित मेन्दोमाया गायक राज गोम्जा र मिना लामा तामाङको नयाँ मेन्दोमाया गीतको अडियो “Raj Gomja Official” युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
धादिङ जिल्ला रुबीभ्याली ५ को तेन्चेतमा बुबा लालबहादुर तामाङ र आमा सन्जी माया तामाङको कोख बाट साइलो छोराको रुपमा जन्म लिनु भएका गायक राज गोम्जा तामाङ बाल्यकाल देखि नै गीत संगीतमा निकै रुचि राख्नु हुन्थ्यो ।
२०७२ साल देखि मेन्दोमाया गीत संगीतमा लाग्नु भएको तामाङको पहिलो मेन्दोमाया गीत “तामाङ ठिटा ङा” को बोलले अत्यन्तै चर्चा पाउन सफल भयो । त्यस्तै अन्य थुप्रै उनका मेन्दोमाया गीतहरु आम दर्शक तथा श्रोताहरु माझ लोकप्रिय रहेका छन ।
हालसालै सार्वजनिक “चकचके त गाल याङ्बा” बोलको गीतले पनि मेन्दोमाया पारखीहरुको मन जित्न सफल हुने बिस्वास गरिएको राज गोम्जा तामाङले होराईजन खबर बताउनु भयो । र यो गीतको भिडियो पनि छिट्टै ल्याउने तयारीमा रहेकोे तामाङले बताउनु भयो ।