बेनिघाट रोराङ र खनियाबासमा अविरल बर्षाले प्रभावित चेपाङ समुदायलाई राहत बितरण

धादिङ । गैर आवासीय नेपाली संघ(एनआरएनए) को आर्थिक सहयोग र अन्तराष्ट्रिय धादिङ समाजको समन्वयमा बेनिघाट रोराङ र खनियाबास गाउँपालिकामा राहत वितरण गरीएको छ ।

असोज ११ र १२ गते गएको अविरल बर्षाको कारण प्रभावित बनेका चेपाङ समुदायको ५० घरपरिवारलाई राहत वितरण गरीएको हो । मंगलबार अन्तराष्ट्रिय धादिङ समाजका बरिष्ठ उपाध्यक्ष दिनेश तामाङ,सचिव राजेन्द्र थपलियाले गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकको रोहोबरमा राहत सामाग्री वितरण गरिएको हो । ५० घरपरिवारलाई खाद्यन्न,लत्तकपडा र स्वास्थ्य सरसफाईको सामाग्री वितरण गरीएको हो । प्रति घरपरिवारलाई १० हजार बराबरको सहयोग गरीएको हो

त्यस्तै खनियावास गाउँपालिकाकाका पहिरो प्रभावित ५० घरपरिवारलाई पनि राहत वितरण गरीएको अन्तराष्ट्रिय धादिङ समाजका बरिस्ठ उपाध्यक्ष दिनेश तामाङले बताउनु भयो ।