दिल्ली काठमाडौँ आएको जहाजमा बम राखेको आशंका: सेनाको बम डिस्पोजल टोली परिचालन

काठमाडौँ । भारतको नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको आंशका गरिएको छ ।

भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको विमानस्थल स्रोतले जनाएको छ ।

भर्खरै ल्यान्ड भएको भिस्तारा एयरको जहाजमा बम रहेको आशंकामा नेपाली सेनाको डिस्पोजल टोली परिचालन गरिएको छ । काठमाडौँ विमानस्थलमा अहिले उडान-अवतरण रोकिएको छ भने नेपाली सेना सहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको छ ।

उक्त विमानमा १५७ यात्रु रहेको नेपाली सेनाले जनाएको छ ।