धार्के-सितापाइला सडक बन्द, अर्को सूचना नआएसम्म सडक नखुल्ने

धादिङ । धादिङको धार्के–सितापाइला सडकखण्डको दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको हो ।

धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विशाल भट्टराईले सूचना जारी गरी कात्तिक ४ गतेदेखि सडक बन्द जानकारी दिएका हुन् । अर्को सूचना जारी नहुन्जेलसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको वडाध्यक्षले जारी गरेको सूचनामा उल्लेख छ ।