तमु समाज सिम्लेले आयोजना गरेको फुटबल प्रतियोगिता सम्पन्न

धादिङ । नीलकण्ठ नगरपालिका २ सिम्लेमा जनजागरण तमु समाज सिम्लेले आयोजना गरेको फुटबल खेल शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा बागेश्वरी युवा समाज क्लब जुरेथुम टिम प्रथम हुन सफल भएको छ ।

खेलको समापन कार्यक्रममा नीलकण्ठ नगर उप-प्रमुख दिपक विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतासिंह तामाङ, वडा अध्यक्ष ध्वजबहादुर गुरुङ लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।