आज धादिङको ६ र गोर्खाको १ गाउँपालिकामा विद्युत सेवा अबरुद्ध हुने

धादिङ । आज धादिङको विभिन्न स्थानहरु विद्युत सेवा अबरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सुचना जारी गर्दै आउदै गरेको तिहार र छठ पर्वलाई मध्यनजर गर्दै देविघाट सवस्टेशनबाट रातमाटे सवस्टेशनसम्मको ३३ के.भी. प्रशारण लाइनको तारुकाघाट खाल्टे–धादिङबेशी खण्डमा मर्मत कार्य रहेकोले विद्युत अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार, उक्त खण्डमा रुखका हाँगाबिगा काट्ने, जम्पर सुधार गर्ने र अन्य आवश्यक मर्मत सम्भार गरिने भएकोले कार्तिक ३ गते शनिबार बिहान ८ः०० बजेदेखि दिउसो ५ः०० बजे सम्म विद्युत अवरुद्ध हुने छ ।

उक्त समयमा धादिङबेशी र सल्यान्टार सवस्टेशनबाट वितरण गरिने सबै फिडर क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द रहनेछ। नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिकाका १ र २ वडा, ज्वालामुखी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, गंगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र आरुघाट गाउँपालिकाका क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने सुचनामा भनिएको छ।

साथै कार्य निर्धारित समय भन्दा अगावै कार्य सम्पन्न भएमा चाँडै विद्युत सेवा सुचारु हुने जनाएको छ ।